कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा छ।
‘दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको छ। तर अहिलेसम्म निर्णय भइसकेको छैन,’ नेविसंघले बुधबार गरेको भर्चुअल संवादमा प्रवक्ता शर्माले भने।
विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उनले बताए। ‘विद्यार्थी डेरा खोजेर परीक्षा केन्द्रसम्म पुगेर परीक्षा दिने अवस्था छैन। जहाँ पढेको हो त्यही स्कुलबाट परीक्षा दिने व्यवस्थापन गर्न लागिएको हो,’ उनले भने, ‘आफू पढेको विद्यालयबाट परीक्षा दिन सक्ने अवस्था कुनै विद्यार्थीको भएन भने जहाँ छ त्यहाँको नजिकको विद्यालयबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ।’
परीक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डअनुसार गरिने र सामाजिक दूरी कायम राखिने पनि उनले बताए। गत वैशाखमा हुने कक्षा १२ को परीक्षा कोरोना भाइरस महामारीले स्थगित भएको थियो।
यस्तै कक्षा ११ को सन्दर्भमा भने विद्यार्थीलाई अनुकूल हुने समयमा परीक्षा गर्न विद्यालयले सक्ने उनले बताए। कक्षा १२ पढ्न कक्षा ११ पास हुनु नपर्ने भएकोले कक्षा १२ को परीक्षा फारम भर्नु अघिसम्म कक्षा ११ का विद्यार्थीको परीक्षा विद्यालयले लिन सक्ने उनको भनाइ छ।
सरकारले विद्यालय, विश्वविद्यालयलगायतमा रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति दिइसकेको उनको भनाइ छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु