गुण्डा नाइके राधे भण्डारी पक्राउ

गुण्डा नाइके राधे भण्डारी पक्राउ

Radhe-Bhandari-890

गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्दै आएका राधे भण्डारी धादिङमा पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

सिद्धलेक गाउँपालिकामा क्रसर उद्योग सञ्चालन गर्दै आएका उनले बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले विरोध गर्दै आएको थियो ।

सोही क्रममा उनले जनप्रतिनिधिलाई धम्की दिंदै आएको बुझिएको छ । राधे पक्राउ परेसंगै उनको क्रसर उद्योग पनि बन्द गराएको छ । अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएको पनि खुलासा भएको छ ।

नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका भण्डारीले धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमिशनमा एकछत्र राज गर्दै दिनेश अधिकारी चरी समूहका आयुप तामाङको हात काटेका थिए ।

गुण्डा नाइके चरी भीमढुंगामा प्रहरीको इन्काउन्टरमा मारिएपछि धादिङको गुण्डागर्दीमा राधे समूहले पकड राख्दै आएको बुझिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds