पोखरामा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्तिमा अनुसार कास्कीका ८ सहित गण्डकी प्रदेशमा थप ३९ जना संक्रमित थपिएको उल्लेख छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा वडा नम्बर ३ का ५० वर्षीय महिला, वडा नम्बर ४ का ३७ वर्षीय पुरुष, ११ का ५५ वर्षीय पुरुष, १२ का ३७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १४ का ४० र ४३ वर्षीय २ जना पुरुष, वडा नम्बर १७ का ४५ तथा १८ का २२ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
स्याङ्जा वालिङ नगरपालिकाका थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाग्लुङमा जिल्लाको बरेङ ४ का १७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ६ का १५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बन्दिपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जिल्लाको बन्दिपुर गाउँपालिकाका ५ जना र शुक्लागण्डकी नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । बन्दिपुर-१ का ४२ र १८ वर्षीय पुरुष र २२ वर्षीया महिला, ३ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बन्दिपुर-२ की २३ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको छ ।
यसैगरी, शुक्लागण्डकी-४ का ३२ वर्षीय पुरुष, शुक्लागण्डकी-५ का ३२ र ३९ वर्षीय पुरुष र त्यस्तै ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको भएको निर्देशनालयले जनाएको छ । यस्तै शुक्लागण्डकी-६ का ४१ वर्षीय पुरुष र शुक्लागण्डकी-८ का २३ वर्षीयपुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
म्याग्दीमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित मालिका ५ की ३५ वर्षीय महिला हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ५७२ पुगेको छ ।


सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’