काठमाडौँ– रोयल च्यालेन्जर्स बैंगलोरले १३ औं संस्करणको आईपीएल टी– ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ ।
सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।
कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६र१६ रन बनाए । कोलकाताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २ र २ विकेट लिए । यस्तै मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एकरएक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए । कप्तान विराट कोहली ३३ रनमा अविजित रहे । जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ ।
बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ । ७ खेलमा ८ अंक जोडेको कोलकाता भने हारका बाबजुद चौथो स्थानमा छ । प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स भिड्ने छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ