क्रिकेट समर्थन समाज कास्कीमा आचार्य

क्रिकेट समर्थन समाज कास्कीमा आचार्य

121691502_3244745828985694_9051198066659921169_n
क्रिकेट फ्यानहरुको साझा सस्था नेपाली क्रिकेट समर्थक समाज अन्तर्गत कास्की समन्वय समितिको आज तेश्रो साधारण सभा तथा पहिलो अधिबेशन प्रताप आचार्यलाई संयोजक चयन गर्दै सम्मपन्न भएको छ । समर्थक समाज (एनसिएसएस) कास्कीका संयोजक कृष्ण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देल प्रमुख अतिथी रहेका थिए ।
जिल्ला खेलकुद बिकास समिती, कास्कीको सभाहलमा सम्पन्न कार्यक्रमा सर्बसम्मत रुपमा निर्वाचित नयाँ कार्यसमितीमा सन्दिप अधिकारी सह-संयोजक, निर्मल तिमिल्सिना सचीव, सन्तोष ढकाल कोषाध्यक्ष, पुनम ढकाल सह-सचीव तथा सदस्यहरुमा सुजिता गौतम, संतोष पौडेल, सरोज अधिकारी, सुबास ढकाल, बिष्णु प्रसाद शर्मा, अनिस भट्टराई, सागर सापकोटा र शसिन घिमिरे रहेका छ्न ।
कार्यक्रमा बोल्दै निबर्तमान संयोजक बरालले आफ्नो कार्यकालमा समाजले पोखरा प्रीमृयर लिगमा दुई सस्करण, १३ औ साफ गेम्समा महिला क्रिकेट लगाएत स्वयंसेवकको भुमिका सफलताको साथ निभाएको जानकारी दिदै आफू संयोजक हुदा ९ जना सदस्य रहेकोमा अहिले बिस्तार गरि २३ जना पुराएको जानकारी दिए । खेलाडी र समर्थन बिचको दुरि कम गर्दै क्रिकेट खेलको प्रबर्द्धन गर्न, जिल्लामा सक्रिय र सक्षम साथिहरु पाएको हुदा आफुले पदभार हस्तान्तरण गरेर केन्द्रीय कमिटीको लागि प्रतिस्पर्धा गर्ने सोच बनाएको बताए । साथै आफ्ना सहकर्मीहरुलाई सहयोग गर्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिग्देलले जिल्ला क्रिकेट संघमा आफू सचीव हुदा नै विभिन्न योजना ल्याएको, सोहि अनुरुप पोखरा रंगशालामा सेन्ट्रल एकेडेमी सचालन गर्न सम्पुर्ण तयारी पूरा भएको र संचालन गर्न कास्की बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका ४ जना पुर्ब खेलाडीहरुलाई जिम्मा दिएको बताउनु भयो । वहाँले एकेडेमीको स्वामित्व, कोरोना कहर आदिले।संचालन गर्न ढिला भएको।स्विकार गर्दै छिटै एकेडेमी संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै वहाँले जिल्ला क्रिकेट संघ कास्कीका क्यालेन्डर कार्यक्रम अन्तर्गतका स्कुल वा क्लब लेभलका प्रतियोगिता संचालन गर्न एनसिएसएस कास्की सङ सहकार्य गर्न आफुहरु इच्छुक रहेको बताउनु भयो ।
कार्यक्रम निबर्तवान सह संयोजक प्रताप आचार्यले संचालन गरेका थिए भने स्वागत मन्तव्य सदस्य पवन लम्साले राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ