पोखराका ८ सहित गण्डकीमा बिहानै थपिए ५२ कोरोना संक्रमित

पोखराका ८ सहित गण्डकीमा बिहानै थपिए ५२ कोरोना संक्रमित

pokhara

पोखरामा ८ सहित गण्डकी प्रदेशमा ५२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो र दोस्रो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखराका ८, नवलपुरका १९,  स्याङ्जाका ५, लमजुङका १, तनहुँका १५, बाग्लुङका १ र गोरखा का १ जना गरी थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  निर्देशनालय गण्डकीले  जनाएको छ  ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६८५  पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds