आज (आइतबार) साताको पहिलो दिन अर्थात ज्योतिष शास्त्रका अनुसार सूर्य भगवानको पूजा आजा गर्ने दिन । धार्मिक मान्यताका अनुसार आइतबार भगवान सूर्यको पूजा उपासना गर्नु शुभ मानिन्छ।
शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैँ विहान सूर्य देवलाई अर्घ्य दिन्छ, उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन।
यदी तपाईंलाई सधैँ यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस्।
तामाको धातुमा सूर्यका अधिपत्य स्थापित छ त्यसैले भगवान आदित्य नारणलाई जल अर्पण गर्दा तामाको भाडोको प्रयोग गर्नुपर्छ । पानीको भाँडोमा अक्षता, रातो फूल तथा रातो खुर्सानीको केही दाना राख्नेले फाइदा हुन्छ । जल अर्पण गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस् ।
ॐ सूर्याय नमः
सूर्याय नमः ॐ ह्रीं ह्रीं सूर्याय नमः
ऊँ घृणिः सूर्यादित्योम
ऊँ घृणिः सूर्य आदित्य श्री
ऊँ ह्रां ह्रीं ह्रौं सस् सूर्यायस् नमः
हरेक आइतवार गर्नुहोस् यी काम
शास्त्रमा दानको ठूलो महत्व दर्साइएको छ। आफ्नो सामर्थ्य अनुसार तामाको भाँडा, रातो कपडा, गहुँ, शखर र रातो चन्दन दान गर्दा पुण्य मिल्ने छ।
ननुहाइकन सूर्य भगवानलाई जल अर्पण नगर्नुहोस्।
आइतबारको दिन भगवान सूर्यलाई अर्घ्य दिएर दिनको शुरुवात गरेको खण्डमा साता भर सफता मिल्ने धार्मिक मान्यता रहेको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प