Gandak News
Our News Your Views

च्याम्पियन्स लिग: मेस्सीले कीर्तिमान रच्दा बार्सिलोनाको शानदार सुरूवात

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा लियोनल मेस्सीले १६ सिजनमा लगातार गोल गर्ने कीर्तिमान रच्दा बार्सिलोनाले फेरेन्कभारोसमाथि ५–१ को सानदार जित हात पारेको छ।

लिग अन्तर्गत समुह चरणको खेलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार शुरुवात गरेको छ ।बार्सिलोनाले गएराती सम्पन्न खेलमा हंगेरीयन क्लब फेरेन्सभारोसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा लियोनेल मेसी, अन्सु फाती, फिलिप कोटीन्हो, पेड्री र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए । २५ बर्षपछि पहिलो पटक च्याम्पियन्स लिगमा खेलिरहेको फेरेन्सभारोसका लागि इहोर खाराटिनले एक गोल पेनाल्टी मार्फत गरेका थिए ।

बार्सिलोनाका जेरार्ड पिकेले खेलको ६८ औ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

यस खेलमा मेसीले २७औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै च्याम्पियन्स लिगमा लगातार १६औ सिजनमा गोल गरेर नयाँ किर्तिमान बनाएका छन् । यो जितपछि समुह जीमा बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ भने यसै समुहमा रहेको युभेन्टसले पनि गएराती जित हासिल गरेको छ ।

अब बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गतको अर्को खेल युभेन्टससँग अक्टोबर २९ मा खेल्दै छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस