Gandak News
Our News Your Views

हारेका ट्रम्पले भने– मैले ठूलो अन्तरले जितेँ, बाइडेनलाई जितेको घोषणा नगर्न चेतावनी

  • 237
    Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ठूलो अन्तरले यो चुनाव जितेको दाबी गरेका छन् । तर, निर्वाचना नतिजाले जो बाइडेन अब अमेरिकाको राष्ट्रपति भएको देखाएका छन् । यसको आधिकारिक घोषणा हुन बाँकी छ ।

उनले आफूले निर्वाचन जितेको बताए । ट्विटमा त उनले आफूले ठूलो अन्तरले निर्वाचन जितेको बताएका छन् । तर, उनले गरेका ट्विटहरु ट्विटरले विवादित र सम्भावित गलत सूचना फैलाएको भएको भन्दै ‘लेबल’ गरिएका छन् ।

अर्कोतिर पेन्सिल्भेनियामा मत आफ्नो पोल्टामा पारेसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अब अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

अमेरिकी राष्ट्रपतिसमेत रहेका रिपब्लिकन उमेदवार  ट्रम्पले ‘बृहत पत्रकार सम्मेलन’ बोलाएका छन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै पेन्सलभानियाको फिलाडेल्फियामा ‘बृहत पत्रकार सम्मेलन’को आव्हान गरेका हुन् । उनले यसअघि ट्विटर गर्दै बृहत पत्रकार सम्मेलनको घोषणा गरेका थिए । तर, अहिले उक्त ट्विटर डिलिट गरिएको छ ।

राष्ट्रपति ट्रम्पले मतदानको प्रक्रियामा धाँधली र गैरकानुनी क्रियाकलाप भएको आरोप लगाउँदै बृहत पत्रकार सम्मेलन आह्वान गरेका हुन् ।  राष्ट्रपति ट्रम्प र उनको टिमले विभिन्‍न राज्यमा मतदान र मतगणनामा धाँधली भएको भन्दै कानुनी उपचार खोजेका छन् ।

राष्ट्रपति ट्रम्पले निर्वाचन अझै नसकिएकाले तत्काल आफू विजयी भएको घोषणा नगर्न बाइडनलाई चेतावनी दिएका छन्। उनले हुलाकबाट आएको मत र धाँधली भएका ठाउँहरुको बारेमा विवाद नटुंगिदासम्म विजयी भएको दाबी गर्न नमिल्ने तर्क गरेका छन्।

तर बाइडनले भने आफू विजयी हुने सुनिश्चित भइसकेको दाबी गर्दै कार्यालय सम्हाल्ने तयारीमा रहेको बताएका छन्। बाइडनले सम्बोधन गर्दै स्पष्ट बहुमतसहित विजय हुनेतर्फ आफूहरू लम्किरहेको बताएका हुन्। उनले झण्डै तीन सय इलोक्टोरल मतका साथ आफू विजयी हुने पनि अनुमान सुनाएका थिए।

– बीबीसी

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस