आईपीएल फाइनल: ४ पटक च्याम्पियन मुम्बई र पहिलो पटक फाइनल पुगेको दिल्ली कसले जित्ला ?

आईपीएल फाइनल: ४ पटक च्याम्पियन मुम्बई र पहिलो पटक फाइनल पुगेको दिल्ली कसले जित्ला ?

ipl 2020 final

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज मंगलबार दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने ८ बजे सुरु हुनेछ।

मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो। रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई आईपीएलकै सर्वाधिक सफल टिम हो । मुम्बईले सर्वाधिक ४ पटक आईपीएल उपाधि जितेको छ । दुबईमा दिल्लीलाई हराएर मुम्बई पाँचौ उपाधि आफ्नो बनाउन चाहन्छ ।

तर, श्रेयस अयरको कप्तानीमा मैदान उत्रने दिल्ली भने पहिलो पटक फाइनल खेल्दैछ । त्यसैले दिल्ली मुम्बईलाई हराएर इतिहास रच्दै पहिलो उपाधि जित्न चाहन्छ । बलियो मुम्बईविरुद्ध जित निकाल्न दिल्लीलाई सहज भने छैन । तर, दिल्ली अघिल्ला तीन खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

लिग चरणको पहिलो खेल मुम्बईले दिल्लीमाथि ५ र दोस्रो खेल ९ विकेटको जित निकालेको थियो । यस्तै, पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा हार व्यहोरे पनि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्दै पुनस् मुम्बईसँगको भेट पक्का गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds