मुम्बई लगातार पाँचौंपटक आइपीएल च्याम्पियन

मुम्बई लगातार पाँचौंपटक आइपीएल च्याम्पियन

ipl

एजेन्सी – इन्डियन प्रिमियर लिग – आईपीएल २०२० को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मंगलबार राती भएको फाइनल खेलमा साविक विजेता मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएसँगै उपाधि रक्षा गर्नुका साथै कीर्तिमानी पाचौँपटक विजय हात पारेको हो ।

योसँगै आईपीएलको इतिहासमा उपाधि रक्षा गर्ने दोस्रो टोली मुम्बई इन्डियन्स बनेको छ। यसअघि चेन्नई सुपर किङ्सले मात्र यो सफलता हात पारेको थियो ।

दिल्लीले दिएको एक सय ५७ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो। मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन जोडे। इसन किसनले ३३ र क्विन्टन डे कोकले २० रन बनाए। मुम्बईले ४५ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। रोहितले दोस्रो विकेटका लागि सुर्य कुमार यादबसँग ४५ र तेस्रो विकेटका लागि किसनसँग ४७ रनको साझेदारी गरेका थिए।

मुम्बईपछि सर्वाधिक उपाधि जित्ने टोलीका रुपमा चेन्नई सुपर किङ्स रहेको छ। उसले तीनपटक उपाधि जितेको छ। चेन्नईले सन् २०१० र २०११ मा लगातार उपाधि जितेको थियो। मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएलको उपाधि जितेको हो।

हालसम्म मुम्बई र चेन्नईबाहेक कोलकाता नाइट राइडर्सले दुई तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जस र राजस्थान रोयल्सले एक एकपटक उपाधि जितेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ