बाग्लुङको धारापानीबाट जुवातास खेलिरहेका ८ जना ८५ हजार नगदसहित पक्राउ

बाग्लुङको धारापानीबाट जुवातास खेलिरहेका ८ जना ८५ हजार नगदसहित पक्राउ

juwa-tas

सांकेतिक तस्विर

बागलुङ – जिल्ला प्रहरी कार्यालय बाग्लुङले जुवातास खेलिरहेका ८ जनालाई नगद सहित पक्राउ गरेको छ ।

सोमबार बिहानै अन्दाजी ५ :४५ बजे सदरमुकाम बाग्लुङ नगरपालिका वडा नं -६ धारापानी बस्ने ईश्वर केसीको घरमा अवैध जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले नगद ८५ हजार सहित उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका -६ धारापानी बस्ने वर्ष २० का ईश्वर केसी, सोही स्थान बस्ने वर्ष २२ का दिपेश सापकोटा, वर्ष ४२ का कुल बहादुर केसी, वर्ष ४० का राजेन्द्र सापकोटा, वर्ष २९ का दिपक सापकोटा, वर्ष ३० का मन बहादुर केसी, वर्ष २५ का रामकृष्ण सापकोटा र वर्ष २३ का सागर केसी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका उनीहरु विरुद्ध आवश्यक अनुसन्धन भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds