पोखरा महानगरपालिकाकी उपमेयर र कर्मचारीमा कोरोना संक्रमण, अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा महानगरपालिकाकी उपमेयर र कर्मचारीमा कोरोना संक्रमण, अत्यावश्यक बाहेकका सेवा बन्द

Pokhara mahanagar

पोखरा । पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । आइतबारदेखि सिमित कर्मचारीले अत्यावश्यक सेवा दिनेगरी अन्य सेवा बन्द गर्ने महानगरपालिका कार्यपालिका बोर्डले निर्णय गरेको छ ।

आज शुक्रबार भने छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवि गुरुङ र केही कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि महानगरको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

महानगरपालिकाका अधिकांश शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले बोर्ड बैठकले अत्यावश्यक बाहेका अन्य सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।

अधिकांश शाखा र महाशाखाका कर्मचारी कोरोना संक्रमित वा संक्रमितको ट्रेसिङमा परेका कारण विदामा भएको जानकारी दिदै बरालले सेवाग्राहीको सुरक्षालाई पनि ध्यान राखेर बोर्ड बैठकले यस्तो निर्णय गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds