‘पदबाट हटेपछि श्रीमती असाध्यै खुसी, मन्त्री बने छोडिदिन्छिन् मलाई’ -ओबामा

‘पदबाट हटेपछि श्रीमती असाध्यै खुसी, मन्त्री बने छोडिदिन्छिन् मलाई’ -ओबामा

barak-obama-an-his wife

एजेन्सी – अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपतिको पद छोडेपछि उनकी श्रीमती असाध्यै खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् – ‘कार्यालय छोडेपछि मिसेल असाध्यै रिल्याक्स र खुसी भएकी छिन् ।’ अमेरिकाको सरकारमा उनी पुनः समावेश हुन्छन् त ?

यसको जवाफ ओबामाले दिएका छन् । हालै ओबामालाई ‘के तपाईं जो बाइडेनको सरकारको मन्त्रीमण्डलमा समावेश हुनुहुनेछ ?’ यसको उनले रोचक जवाफ दिएका छन् । ओबामाले भने, ‘मैले मन्त्रीको पद सम्हाले मिशेलले मलाई छोडिदिनेछिन् ।’

स्मरण रहोस्, ओबामा चार वर्षअघि अमेरिकाको राष्ट्रपति पदबाट हटेका थिए र त्यसपछि ट्रम्प अमेरिकाका राष्ट्रपति बनेका थिए । ५४ वर्षका ओबामाले पिपल म्यागजिनसँगको कुराकानीमा आफू राष्ट्रपति हुँदा उनकी श्रीमती मिशेल एक प्रकारको अन्तर्निहित तनाव महसुस गर्ने गरेको जानकारी दिए ।

ओबामाको नयाँ किताब ‘अ प्रमिस्ड ल्याण्ड’ सार्वजनिक भएको छ र यसै मौकामा उनी मिडियासँग कुराकानी गरिरहेका थिए । ओबामाले राष्ट्रपति रहँदा श्रीमती मिशेल सबैकुरा उत्कृष्ट गर्ने कोसिसमा तनाव र दबाब महसुस गर्ने गरेको बताए ।

कहिलेकाँही उनले आफ्नो भावना आफैंमा मात्रै सिमित राख्थिन्, श्रीमानलाई दबाब नदिनका लागि ।

‘हामीबीच त्यस्ता समय पनि आए जब मलाई उनी तनावमा भएको, दुःखी भएको र रिसाएको जस्तो लाग्थ्यो तर मेरो चिन्ताको विषय भने अफगानिस्तान र आर्थिक संकट हुने गर्दथ्यो,’ उनले पिपल म्यागजिनलाई भने । ‘त्यसैले उनी आफैंले यी कुरा दबाउने गर्थिन् ।’

तर हामीले अफिस छोडेपछि दुबैले रिल्याक्स गर्ने मौका पाएका छौं ।

‘हामीले अफिस छोडेपछि मिशेल असाध्यै रिल्याक्स छिन् र निकै खुसी पनि,’ उनले थपे ।

‘यसले हामीलाई लामो विवाहपछिको हाम्रो गहिरो मायामा रमाउने मौका दिएको छ । हामीलाई पुनः साथी बन्न दिएको छ ।’

मिशेल ओबामाले यसअघि मानसिक स्वास्थ्य र ह्वाइट हाउसमा नभएपछि स–सानो कुरामा रमाउने उनको बानीबारे कुरा गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ