पछिल्लो समय पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । लामो समयदेखि मुटुरोगी रहेका पारस आफ्नो स्वास्थ्यप्रति ध्यान नदिँदा समस्या बल्झेर गएको छ । उनी पछिल्लो समय गलेका छन् भने तौल पनि घटेको छ ।
४८ वर्षीय पारस गत साता चितवनमै रहँदा अस्वस्थ भएका थिए । नारायणगढस्थित सेन्ट्रल पाल्म होटलमा बसेका पूर्व युवराज पारस शाहको मुटुमा समस्या देखिएको थियो । सोमबार दिउँसो भैरहवाबाट आफै गाडी चलाएर नारायणगढ पुगेका पूर्वयुवराज शाहलाई बुधबार अपरान्ह देखि छाती दुख्ने समस्या भएको थियो । सो क्रममा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीको टोली उनी बसेको होटलमा पुगेर स्वास्थ्य परीक्षण गरेको थियो ।
त्यसपछि पारस शुक्रबार नै पोखरा आइपुगेका छन् । आइतबार अपरान्ह ५ बजे उनी महेन्द्रपुल स्थित ओम हस्पिटल डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर पुगे । त्यहाँ डा. मुकुन्द आचार्यले उनको ईसीजी गरेर हेरे । डा. आचार्यले पूरानै रोग भएकाले मुख बार्न, नियमित औषधि सेवन गर्न र कमजोरी भएकाले जीवनजल खान भने । केही औषधि लेखिदिए ।
उनी चेकजाँच गरिरहँदा डा. आचार्यसँग खुलेर बोलेका थिए । आफूलाई गाह्रो भइरहेको उनले बताए । उनी यसअघि लामो समयसम्म काठमाडौंस्थित नर्भिक अस्पतालमा रहेर शल्यक्रिया गरेका थिए । ६ महिना अघि पनि नर्भिकमै गएर जाँच गरेको पारसका सहयोगीले बताए । ६ महिनादेखि उनको रगत जाँचहरु गरिएको छैन । रगत जाँच गर्न आवश्यक रहेको डा. आचार्यले सुझाएका थिए । एक जना पुरुष र एक जना महिलासहित पारस ओम हस्पिटल पुगेका थिए ।
यसअघि उनलाई पटक पटक मुटुमा समस्या हुँदै आएको छ । पूर्वयुवराज शाह शाह परिवारसँग बस्दैनन् । एक्लै बाहिर बस्ने भएकाले पनि उनको स्वास्थ्यमा समस्या हुँदै आएको छ ।
अब निरोगी हुनुहोस् भन्दा हाँस्दै जुत्ता बोक्दै निस्किए
पारस निस्कने बेला स्वास्थ्यलाई ध्यान दिन त्यहाँ उपस्थित युवाहरुले आग्रह गरेका थिए । ढोकामा जुत्ता लगाउने क्रममा त्यहाँका युवाहरुले ‘ल अब माहौल बन्दैछ, तपाईं निरोगी हुनुहोस्’ भन्दा ठूलो स्वरमा हाँस्दै जुत्ता नै बोकेर भ¥याङको सिंढीतिर झरे । त्यहाँ पनि उनले हाँसेरै टारे । त्यहाँबाट निस्केपछि उनी कारमा होटलतर्फ गए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा