सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन

राजनीति

सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन

rasopa-baithak-madeshi-samsad-with-pm

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेका छन् । मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग शुक्रबार छलफलमा प्रधानमन्त्री शाहले संघीयताको पक्षमा आफूमाथि शंसय नराख्न पनि आग्रह गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए ।

प्रधानमन्त्रीले संघीयताप्रति सरकार पूर्णतः प्रतिवद्ध रहेको र यसलाई कमजोर पार्ने कुनै पनि सोच नभएको र हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेको महतोले जानकारी दिए ।

‘उहाँले हिन्दु राष्ट्र र राजावादीको पक्षमा आफू नरहेको भन्दै हामीलाई विश्वास दिलाउन खोज्नुभयो । राजसंस्था संघीयताको पक्षमा छैन भन्ने उहाँको भनाइ छ,’ महतोले भने ।

प्रधानमन्त्रीले जनकपुरमा ‘बलियो संघीयता’ निर्माण गर्ने भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई व्यवहारमा उतार्न महतोले आग्रह गरे ।

सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीले थप तदारुकताका साथ पहल गर्नुपर्ने उनको भनाइ छ । ‘मधेसकै जनमतका कारण वर्तमान सरकार दुई तिहाइको अवस्थामा पुगेको हो, त्यसैले जनताको भावना र संघीयतालाई अधिकारसम्पन्न बनाउने कुरामा सरकार गम्भीर हुनुपर्छ’उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ