श्वेता खड्काको बिहे मंसिर २२ गते हुँदै

श्वेता खड्काको बिहे मंसिर २२ गते हुँदै

sweta marriage

नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि एकल बनेकी नायिका श्वेता खड्काको बिहे हुँदैछ । श्वेताले धनगढीका विजयेन्द्र सिंह रावतसँग मंसिर २२ गते बिहे गर्ने पक्का भएको हो । नायिका खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाँडिएको छ ।

स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । । उसो स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलेको केही समय भयो । मंसिर ५ गते नै स्वेताले बिहे गर्न लागेको चर्चा नचलेको होइन । तर, स्वेताले सो समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन् ।

दसैंमा अपरिचत युवकसँगै टीका लगाएको फोटो सार्वजनिक भएसँगै श्वेताले विवाह गर्न लागेको खबर फैलिएको हो । श्वेताले धनगढीका युवकसँग विवाह गर्न लागेको र मंसिर ५ को लगनमा बिहे गर्ने गरी होटलसमेत बुक गरेको खबर बाहिरिएका थिए । तर स्वेताले लुकाएकी थिइन् ।

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ