पुनः सिउँदो रंगाउँदै स्वेताले भनिन्- निर्माणाधिन माझिटोललाई आज सजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ (तस्वीरहरु)

पुनः सिउँदो रंगाउँदै स्वेताले भनिन्- निर्माणाधिन माझिटोललाई आज सजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ (तस्वीरहरु)

shweta (1)

काठमाडौं । नायिका श्वेता खड्काले बिवाह गरेकी छिन् । धनगढीका विजयन्द्रसिंह रावतसँग उनको बिवाह भएको हो । राजधानीको गोर्कर्ण रिसोर्टमा आयोजित एक कार्यक्रममा उनीहरुको बिवाह भएको हो ।

बिवाहमा दुबै परिवार निकटका सदस्य मात्र उपस्थित हुने बताईए पनि संचारकर्मी र शुभचिन्तकहरुको भिड थियो । उनीहरु केही समयदेखि प्रेममा रहेको बताइए पनि श्वेताले भने यो हल्ला मात्र भएको बताउँदै आएकी थिइन् ।

नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो । बिवाहको एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो । त्यस यता उनी सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएकी थिइन् । यससँगै उनले आफ्नो कलायात्रालाई पनि निरन्तरता दिइरहेकी छिन् ।

उनले सिन्धुपाल्चोकको झ्याँडीमा रहेको माझीवस्तीमा ५४ घरसहितको एकिकृत बस्ती निर्माण गरिसकेकी छिन् । भूकम्पले सबैभन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोक नायक श्रीकृष्णको गृहजिल्ला हो ।

आइतबार सामाजिक ‌सञ्जाल फेसबुकमा उनले आफ्नो बिवाहको बारेमा लामो स्टाटस लेखेकी थिइन् । कोरोनाका कारण विवाहमा सबै शुभचिन्तकहरुलाई बोलाउन नसकिएको उनले बताएकी छिन् ।

यस्तो छ स्टाटस:

अन्ततोगोत्वा: मैले सिउँदोमा सिन्दुर भरें,  हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ ।

मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ ।

थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत : मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।

तपाईकी उहि छोरी /चेली
श्वेता खड्का

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds