चिसो मौसममा कपालको विशेष रेखदेख गर्न अत्यावश्यक हुन्छ । चिसो मौसममा कपाल रुखो हुन सक्छन् भने चायाँको समस्या पनि बढ्न सक्छ । यस्तो समस्याले कपाललाई जरैदेखि कमजोर बनाउन सक्छ र कम उमेरमा नै मानिसहरुको कपाल झर्न सुरु हुन्छ । आउनुहोस्, चिसो मौसममा कपाललाई स्वस्थ र चम्किलो बनाइराख्न के गर्न सकिन्छ, त्यसबारे जानकारी लिऔं ।
तेलको मसाजः
हप्तामा एकपटक नरिवल वा बदामको मनतातो तेलले कपालको जराको मसाज गर्नुहोस् । यसले टाउकोमा रक्त सञ्चार राम्रो हुन्छ । साथै कपालको रुखोपन हट्छ र चिसो मौसममा पनि कपाल स्वस्थ रहनेछ ।
हेयर ट्रिमिङः
चिसो मौसममा कपालको ट्रिमिङ गर्नु पनि राम्रो विकल्प हो । चिसोको हावाले कपाललाई रुखो बनाउँछ जसका कारण कपाल टुट्टे, झर्ने र हाँगा फाट्ने गर्छ । ट्रिमिङ गर्दा तपाईंले यस्ता समस्याको सामना गर्नु पर्दैन ।
दिनदिनै टाउको ननुहाउनुहोस्ः
चिसो मौसममा दिनदिनै टाउको नुहाउनबाट जोगिनुहोस् । हरेक दिन नुहाउँदा टाउकोमा भएको प्राकृति तेल सुक्छ र यसले तपाईंको कपाललाई अस्वस्थ र रुखो बनाउँछ । हप्तामा दुईपटक नुहाउनु राम्रो मानिन्छ ।
टाउकोलाई छोप्नुहोस्ः
चिसो मौसममा कपाललाई जति सक्दो लुकाएर राख्नुहोस्, नभए कपाल रुखो हुनसक्छन् । कपाललाई जुरो बनाउनुहोस् वा बाट्नुहोस् र स्कार्फले ढपक्क ढाक्नुहोस् । यद्यपि, दिउँसो भने कपाल र पूरा शरीरलाई घाम पर्ने गरी बाहिर बस्नुहोस् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए