शनिबार भुलेर पनि नगर्नुस् यी ५ काम

शनिबार भुलेर पनि नगर्नुस् यी ५ काम

shanidev

एजेन्सी – शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने गर्छन् भन्ने विश्वास गरिन्छ । नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने पनि विश्वास गरिन्छ । ज्योतिषका अनुसार शनिवार केही यस्ता कामहरु गर्न हुँदैन । ती कामहरु गर्दा शनि ग्रह कमजोर हुन्छ ।

१) फलामलाई शनिको धातु मानिन्छ । शनिबार फलाम घरमा ल्याउँनुहुँदैन । यस दिन फलामबाट बनेका सामानहरु दान गर्नु शुभ मानिन्छ ।

२) शनिबार मासको कालो दाल किन्न हुँदैन । शनिबार यो दालबाट बनेको खिचडी दान गर्दा शुभ हुने विश्वास गरिन्छ ।

३) शनिबार सरसोँको तेल घरमा ल्याउँनुहुँदैन । तर, यस दिन यो तेल दान गर्न सकिन्छ । शनि देवलाई प्रशन्न बनाउन तेल शनिदेवलाई अभिषेक गराउँन सकिन्छ ।

४)शनिबार जुत्ता चप्पल किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

५) शनिदेव न्यायका देवता हुन् । शनिवार उनको विशेष पूजाआरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्नुहुँदैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ