काठमाडौ । ‘नाम होस् या बदनाम होस् तर गुमनाम नहोस्’ यो उखान कला क्षेत्रमा निकै प्रचलित छ । ठुलो बजेट, मल्टीस्टार, करिश्मा मानन्धर पुत्री र शिव श्रेष्ठ पुत्रको डेब्यु लागायतका विशेषताले निकै चर्चा कमाएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’का विवाद पनि कम छैनन् ।
झन्डै बर्ष दिन अगाडी ‘नेपाली फिल्मको व्यापार ओरालो लागिरहेको देखेर फिल्म रिलिजको जोखिम लिन नसकेको’ बताउने निर्माताले कोभिड १९ का कारण नेपाली फिल्म उद्योग इतिहासकै दयनीय भएका बेला फिल्म रिलिजको तयारी गरेका छन् ।
यसै बर्ष जाडोमा फिल्म रिलिज गरिने बताउँदै कठ्याङ्ग्रीदो माहोलमा फिल्मको आइटम सङ ‘हलाल’ रिलिज गरिएको छ । फिल्म लुटबाट आइटम गर्लको छवि स्थापित गर्न सफल सुष्मा कार्कीको कामुक नाँचलाई फिल्म प्रवर्द्धनको हतियार बनाइएको छ ।

बिबि थापाको शब्द रहेको आइटम गीतलाई गायिका मिना निरौलाको स्वरले न्याय गरेको छ ।
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेस सापकोटाले गरेका छन्।
फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मलाई यशाेदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु हुन्।
भिडियो :
https://youtu.be/DwO6AcrTLRg
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’