एजेन्सी । सामान्यतयाः काँक्रो गर्मी मौसममा खाने गरिन्छ । तर, जाडो मौसममा पनि काँक्रोको सेवन गर्न सकिन्छ ।
काँक्रोलाई विशेषगरी सलादको रुपमा सेवन गरिन्छ । काँक्रो जाडो र गर्मी दुवै मौसममा बजारमा पाइन्छ ।
जाडो मौसममा काँक्रोको सेवन किन गर्ने ?
अतिरिक्त पानीका लागि
पानीले शरीरका भित्री अंगहरुको सफाई गर्ने काम गर्छ । पानीले आवश्यक पोषक तत्व शरीरभित्र पुर्याउँने काम गर्छ । र, यसले छालालाई पनि स्वस्थ राख्छ भने शरीरलाई डिहाइड्रेट हुनबाट पनि बचाउँछ । काँक्रोमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले काँक्रो खाँदा पानी पिए बराबर हुन्छ ।
पोषण
काँक्रोमा क्यालोरी निकै कम हुन्छ । एउटा मध्यम खालको काँक्रोमा १५ देखि १७ प्रतिशत क्यालोरी हुन्छ । क्यालोरी कम हुनुका साथै काँक्रोमा फाइबर, कार्बोहाइड्रेट्स, प्रोटिन, भिटामिन सी, के र बी, पोटाशियम, म्याग्निज, आइरन, जिकं र म्याग्नेशियम जस्ता पोषण तत्व पनि काँक्रोमा पाइन्छ ।
कपाल र छालाको लागि
काँक्रोमा हुने भिटामिन ए, बी, सी, के, म्याग्निज, कपर र पोटाशियमले शरीरमा प्रतिरोधक यन्त्रलाई मजबुत बनाउँछ जसको कारण कपाल र छालामा पनि राम्रो प्रभाव पर्छ । काँक्रोमा सिलिका हुने भएकाले कपालको वृद्धि छिटो हुन्छ । कपाल र छालामा केराटिन बन्नका लागि आवश्यक पर्ने सल्फर पनि कपालमा हुन्छ ।
सम्बन्धित खबर
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए