चिसोका कारण विभिन्न समस्याले सताउन थालेको छ । चिसोमा आउने विभिन्न समस्याबाट बच्नका लागि खानामा हरेक दिन एउटा पोलेको लसुन खाने गर्नुपर्छ । यसले चिसो, रुघाखोकी, ज्वरो तथा अन्य चिसोका कारण हुने समस्याहरुबाट बचाउँछ ।
लसुनमा जीवाणुरोधी र एन्टिसेप्टिक गुण पाइन्छ । लसुनले खानालाई स्वादिष्ट मात्र बनाउने काम गर्दैन यसले स्वास्थ्यलाई लाभ पनि पुर्याउँछ । लसुनमा हुने म्यागनीज, पोटाशियम, आइरन, क्याल्शियम र भिटामिन जस्ता तत्वहरुले शरीरलाई थुप्रै रोगहरुबाट समेत बचाउने काम गर्छ ।
चिसो र फ्लु
लसुनमा चिसो र विभिन्न प्रकारका फ्लुसँग लड्ने क्षमता हुन्छ । यदि चिसो मौसममा लगातार रुघाखोकीको शिकार भएमा लसुनको चिया पिउने वा खाली पेटमा पेटमा लसुन खाँदा यस्तो समस्या कम हुन्छ ।
मुटुका लागि फाइदाजनक
लसुनमा एलिसिन पाइन्छ । जुन मुटुमा हुने विकार तत्वहरुसँग लड्न मद्दत गर्छ । एलिसिनले खराब कोलेस्ट्रोलको अक्सिकरण रोक्ने काम गर्छ । यसले मानव शरीरमा कोलेस्ट्रोलको स्तर पनि कम गराउँछ । जसले मुटुको स्वास्थ्य अवस्था बलियो बनाउँछ । नियमित रुपमा लसुनको सेवन गर्दा रगत जम्ने खतराबाट समेत बच्न सकिन्छ । लसुनले रक्तनलीलाई आराम दिलाई उच्च रक्तचापको समस्या पनि कम गर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन
लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । महसँग लसुन खाँदा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ ।
तौल कम गर्न
लसुनमा पाइने अत्यधिक पोषक तत्व क्यालोरीले भरपुर हुन्छ । डाक्टरको सल्लाहअनुसार पेटमा जम्मा हुने बोसो पैदा गराउँने कोशिकाहरुलाई निस्क्रिय बनाउँछ । यसले शरीरमा थर्मोजेनेसिसलाई पनि बढाउँछ र अधिक बोसो र एलडीएल (खराब कोलेस्ट्रोल) कम गराउँछ ।
दम
हरेक दिन लसुन खाँदा दमका बिरामीहरुलाई फाइदा पुग्छ । हरेक दिन राति सुत्नुअघि एक गिलास दूधमा तीन केस्रा लसुन खाने गर्दा दम कम हुन्छ ।
-एजेन्सीको सहयोगमा
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए