उमेर बढ्दै गएपछि कपाल फुल्नु सामान्य हो । आजकल धेरै मानिसलाई सानै उमेरमा कपाल सेतो हुने समस्याले सताउँछ ।
चिकित्सकका अनुसार, शरीरमा आवश्यक भिटामिन र खनिजको कमीका कारण वा उमेर बढ्दै जाँदा एक विशेष पिग्मेन्टमा कमी आउँछ र कपाल फुल्न थाल्छ ।
यो पिग्मेन्ट के हो र यो किन कम हुन्छ ? अनि कपाल कालो पार्ने उपाय के हो ?
कपालको जरामा भएका कोशिकाहरूमा भएका मेलेनिन नामक पिग्मेन्टमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । मेलेनिनले कपाललाई कालो राख्छ । वातावरण प्रदूषण तथा तनावका कारणले मेलेनिन घट्छ ।
घरमै छ उपचार
- कपाल कालो बनाउनुछ भने सातवटा करी पात सर्स्युँको तेलमा हालेर तताउनुस् । अनि अलिक सेलाएपछि त्यो तेलले टाउको मालिश गर्नुस् ।
- बराबर मात्रामा भृंगराज र अश्वगन्धाको धूलो नरिवलको तेलमा मिसाउनुस् । राति सुत्नुभन्दा दश मिनेटअगाडि यसले टाउकोमा मालिश गर्नुस् । यो उपाय एक हप्तासम्म प्रयोग गर्नुस् ।
- कपालको जरामा गाईको घिउ हप्ताको तीनचोटि दल्नुस् । घिउ दलेको १५ मिनेटपछि श्याम्पू लगाउनुस् । कपाल छिट्टै कालो हुन थाल्छ ।
- जैतुनको तेल हल्का तताउनुस् अनि त्यसमा कपूर हालेर कपालको मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू दल्नुस् ।
- आधी कचौरा दहीमा एक चम्चा नून र मरिचको धूलो हालेर कपाल मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू लगाउनुस् ।
- कागतीको रसमा अमलाको धूलो हालेर कपालको जरामा मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू गर्नुस् । हप्तामा दुईचोट यसो गर्नुस् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा