लियोनेल मेस्सी पुनः टोलीमा फर्किएर विजयी गोलका लागि अवसर सिर्जना गरेपछि बार्सिलोनाले ला लिगाको पुछारको टोली हुएस्काविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ ।
बार्सिलोनाका लागि ७५० औँ तथा ला लिगामा ५ सयौँ खेल खेलिरहेका मेस्सीले फ्रांकी डि योङका लागि गोलको अवसर सिर्जना गरेका थिए । खेलको २७ औँ मिनेटमा गरिएको उक्त गोल नै खेलमा निर्णायक बन्यो ।
जीतसँगै बार्सिलोना ला लिगाको पाँचौ स्थानमा उक्लिएको छ । यद्यपि, एक खेल कम खेलेको एथ्लेटिको म्याड्रिडभन्दा १० अंकले पछि परेको छ ।
उता खेलको अन्तिम मिनेटमा गोल गर्दै लुइस सुवारेजले एथ्लेटिको म्याड्रिडलाई आलाभेसमाथि २–१ को जीत दिलाएका छन् । जीतसँगै एथ्लेटिको लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको पहिलो हाफमा मार्कस लोरेन्टेले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, खेलको ८४ औँ मिनेटमा फिलिपेले आत्मघाती गोल गरेपछि खेल बराबरीतर्फ उन्मुख भएको थियो । त्यसपछि खेलको अन्तिम मिनेटमा जोआ फेलिक्सको क्रसमा सुवारेजले गोल गर्दै टोलीलाई तीन अंक दिलाए ।
जीतसँगै एथ्लेटिकोले रियल म्याड्रिडलाई शीर्ष स्थानमा पुनः २ अंकले उछिनेको छ । एथ्लेटिकोले रियलभन्दा २ खेल कम खेलेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु