जाडो महिनामा किन खाइन्छ बदाम ? जान्नुहोस् फाइदा

जाडो महिनामा किन खाइन्छ बदाम ? जान्नुहोस् फाइदा

badam

जाडो मौसममा घाम ताप्दै बदाम खानको मज्जा नै बेग्लै हुन्छ जुन हर कोहीलाइ मनपर्छ । तर धेरैलाई थाहा भने नहोला कि यो बदाम खाँदा हाम्रो शरीरलाई फाईदै फाइदा छन् । बदाम खाँदा सहि तरिका अपनाउन भने जरुरी छ साथै सतर्क हुन पनि जरुरी देखिन्छ ।
यस्ता छन् बदाम खानुका फाइदाहरु :

नियमित बदामको सेवनले छाला र हाडलाई फाइदा पुर्याउँछ ।

स्ट्रोक पेट सम्बन्धी रोगहरु निको पार्छ। फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।

ग्याँस र एसिडीटिको समस्याबाट छुट्कारा मिल्छ ।

भोक नलाग्ने समस्या हटाउँछ ।

गर्भवती महिलाहरुलाई यसले फाइदा पुर्याउँछ।

बदामको प्रयोगले कोस्ट्रोललाई नियन्त्रण गर्छ,जसबाट मुटुको रोगहरुलाई टाढै राख्छ ।

बदाम खानाले हर्मोनहरु सन्तुलनमा रहन्छन् ।

यदि तपाईंलाई मधुमेह छ भने तपाईंले आफ्नो डाक्टरको सल्लाह लिएर बदाम खान सक्नुहुन्छ ।

महिलाको प्रजनन् क्षमतामा वृद्धि गर्छ ।

बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट टाढा रहन मद्दत गर्छ ।

बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ ।

बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ ।

-तौल कम गर्छ

-मुटु रोगबाट टाढा राख्छ

-क्यान्सरको खतरा कम

-छालाका लागि पनि निकै फाइदाजनक

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ