स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ग्रानडामाथि सहज जित निकालेको छ। लस कारमेनेस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ग्रानडामाथि ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो।
बार्सिलोनाको जितमा लियोनल मेस्सी र एन्टोनी ग्रिजमनले समान २र२ गोल गरे।
खेलको १२ औं मिनेटमै ग्रिजमनले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ३५ औं मिनेटमा ग्रिजमनकै पासमा मेस्सीले गोल थिए। मेस्सीले नै फेरि ४२ औं मिनेटमा पनि गोल थप्दा पहिलो हाफमै बार्सिलोना तीन गोलले अघि रह्यो।
दोस्रो हाफमा ग्रिजमनले फेरि अर्को गोल थपे। उनले खेलको ६३ औं ओस्माने डेम्बेलेलेको पासमा गोल गरे। उता घरेलु टोलीका जिसस भालेजो ७८ औं मिनेटमा रातोकार्ड खाँदै बाहिरिएका थिए।
त्यस्तै गएराति नै भएको अर्को खेलमा रियल मड्रिड बराबरीमा रोकियो। एल सदरमा भएको खेलमा घरेलु टोली ओसासुनाले रियललाई बराबरीमा रोकेको हो। गोलरहित बराबरीमा रोकिएसँगै रियलले शीर्षस्थानमा पुग्ने अवसर गुमायो।
१८ खेलबाट ३७ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै समान खेलबाट ३४ अंक जोड्दै गएरातिको खेलबाट तेस्रो स्थानमा रहेको बार्सिलोनाले अंकदुरी घटाएको छ। त्यस्तै शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडले १५ खेलबाट ३८ अंक जोडेको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य