स्कुटरमा आगजानी गरेको अभियोगमा स्याङ्जाको आँधिखोलाबाट एक युवक पक्राउ

स्कुटरमा आगजानी गरेको अभियोगमा स्याङ्जाको आँधिखोलाबाट एक युवक पक्राउ

arrest

सांकेतिक तस्विर

स्याङ्गजा – स्कुटरमा आगजनी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको आँधिखोला गाउँपालिका -३ बस्ने २८ वर्षीय रबिन क्षेत्री रहेका छन् ।

प्रहरीका अनुसार सोही गाउँपालिका -४ मडुवा बस्ने खिमानन्द सापकोटाको ग ४ प ९६३७ नम्वरको स्कुटरमा गत पुस १४ गते घर नजिकै पार्किंङ गरी राखेको अवस्थामा आगजनी भएको थियो । आगजनी पश्चात घटनाको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाबाट खटिएको प्रहरीले टोलीले उक्त कार्यमा संग्लन रहेको आरोपमा क्षेत्रीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनी उपर आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्धामा जिल्ला अदालत स्याङजाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ