‘दि भ्वाइस अफ नेपाल ३’को कोचमा तृष्णा गुरुङको प्रवेश

‘दि भ्वाइस अफ नेपाल ३’को कोचमा तृष्णा गुरुङको प्रवेश

the voice of nepal 3

‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा कोच परिवर्तन गरिएको छ । नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतलाई परिवर्तन गरिएको हो ।आज आयोजित पत्रकार सम्मेलनमा यो बर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णा गुरुङलाई कोचको रुपमा अनुवन्धित गरिएको  जानकारी दिइएको छ ।

‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको र आफ्नो तर्फबाट बेष्ट दिन आफूले कुनै कसर बाँकी नराख्ने तृष्णाले बताइन् । ‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले आस्थाले समय दिन नसक्ने भएपछि उनले सहमतीमै शो छाडेको बताए । यसमा अन्य कुनै कारण नभएको पौडेलको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ