बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा

बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा

barcilona

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुग्न सफल भएको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोनाले फाइनलमा प्रवेश गरेको हो । स्पेनको कोर्डोबामा रहेको नुभो आकन्जेल रंगशालामा भएको खेलको निर्णय पेनाल्टीमार्फत भएको थियो ।

खेलको ३९औँ मिनेटमा बार्सिलोनाका लागि फे्रन्की डी जोङले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । ५१औँ मिनेटमा रियल सोसिडाडका लागि माइकेल ओयरजाबलले बराबरी गोल गरे । त्यसपछि अतिरिक्त समयमा समेत कुनै पक्षबाट गोल नहुँदा खेल टाइब्रेकरबाट पुगेको थियो ।

टाइब्रेकरबाट बार्सिलोनाले ३–२ ले जित हात पार्न सफल भयो । एन्टोनी ग्रिजम्यान र पहिले गोल गरेका फ्रेन्की डी जोङले पेनाल्टीमा गोल गर्न सकेनन् । बार्सिलोना यस खेलका नियमित कप्तान मसीबिना मैदानमा उत्रिएको थियो ।

सुपरकपको साबिक विजेता रियल मड्रिडले दोस्रो सेमिफाइनलमा एथ्लेटिको बिल्बाओसँग खेल्नेछ। सो खेलको विजेताले उपाधिका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ