नयाँ वर्षमा फिल्म ‘मनसँग मन’ प्रदर्शन हुने

नयाँ वर्षमा फिल्म ‘मनसँग मन’ प्रदर्शन हुने

paul puja

फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगमी चैत्र २७ तोकेको छ । नयाँ वर्षको छेको पारेर फिल्म रिलिज गर्न लागिएको हो । प्रदर्शन मितिसँगै फिल्मको ‘मेरो त भाग्य’ बोलको गीत समेत सार्वजनिक गरिएको छ । जसमा डेभिड शंकर र भावना थापाको स्वर, दीपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ ।

सौरभ लामाको छायाँकन रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन छ । गीतमा फिल्मका मुख्य कलाकार पुष्प खड्का, वर्षा सिवाकोटीको नृत्य देख्न सकिन्छ । यस्तै, अतिथी कलाकारको रुपमा भिडियोमा पल शाह र पूजा शमा समेत अटाएका छन् । गीतमा बुद्दि तामाङ र रविन्द्र झा समेतलाई देख्न सकिन्छ ।

पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको फिल्म कैलाश राइले निर्देशन गरेका हुन् । अरुण तामाङ निर्माता रहेको फिल्मलाई सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ