सरकारले अब सवारी चालक अनुमती पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षाको ढाँचा परिवर्तन गर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा परीक्षा परिवर्तन गर्ने विषयमा छलफल भएको थियो। उक्त छलफलपछि लाइसेन्स परीक्षाको ढाँचा परिवर्तन गर्ने सहमति भएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले ६० प्रतिशत नम्बर ल्याए पास हुने गरी ट्रायल (प्रयोगात्मक) परीक्षाको ढाँचा परिवर्तन गर्न लागिएको बताए। अर्थात् ट्रायलमा ४० प्रतिशत गल्ती गर्ने पनि अब पास हुनेछन् । अहिले विद्यमान नियमअनुसार पास हुनका लागि शतप्रतिशत अंक ल्याउनुपर्छ।
हमालका अनुसार विभिन्न पक्षलाई आधार मानेर अंक दिइनेछ। ट्राफिक लाइट, उकालो-ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर तिनीहरुका लागि अलग-अलग अंक छुट्याइनेछ । जसबाट ६० अंक ल्याउने पास हुनेछ।अहिले प्रशिक्षार्थी ट्रायलमा एउटा गल्ती गर्नेबित्तिकै फेल हुन्छ । यसले गर्दा धेरैले लाइसेन्स नपाउने अवस्था छ। यसो हुँदा आर्थिक लेनदेनको बाटो प्रयोग गरेर लाइसेन्स लिने गरेको पाइएको छ – मन्त्रालयका एक अधिकारीले भने -‘अहिले लेनदेनका आधारमा जोकोहीले पनि लाइसेन्स लिइरहेका छन् । त्यसैले जसलाई पनि लाइसेन्स दिनुभन्दा ६० अंक ल्याउनेलाई दिनु धेरै राम्रो हुन्छ । यसबाट यातायातमा हुने लेनदेनमा पनि कमी आउनेछ ।’
त्यसैगरी लिखित परीक्षासमेत सहज हुनेगरी साइटमै लाइसेन्स परीक्षाका सम्भावित प्रश्नावली (क्वेशन बैंक) राख्न लागिएको छ। साइटमा राखिने उक्त प्रश्नावलीमा करीब एक हजार प्रश्न राखिने बताइएको छ। त्यही भित्रबाट परिक्षार्थीलाई प्रश्न सोधिनेछ। अहिले विभिन्न स्रोतबाट पढेर परिक्षा दिनुपर्ने व्यवस्था छ। विस्तारै घरमै बसेर लिखित परीक्षा दिने व्यवस्था मिलाउने योजनामा विभाग छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’