जिल्ला सहकारी संघ कास्कीको हिजो सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस र प्रचण्ड–माधव नेपाल पक्षीय संयुक्त सहकारी प्यानलका उम्मेदवार सबै पदमा विजयी भएका छन् ।
राजनीतिक रुपमा स्पष्ट दुई खेमामा विभाजित भएर चुनाव भएकामा संयुक्त सहकारी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार हालका महिला उपाध्यक्ष सावित्रा कोइराला विजयी भएकी हुने ।
उहाँले १९८ मत प्राप्त गर्दा ओली पक्षीय उम्मेदवार हालका वरिष्ठ उपाध्यक्ष बलराम गौतमले ७८ मतमात्र प्राप्त पाउ । यसैगरी अध्यक्षका अर्का प्रत्याशी धर्मराज अर्यालले ३६ मत प्राप्त गरे ।
यसैगरी राष्ट्रिय प्रतिनिधिको उम्मेदवारमा ओली पक्षीय नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद प्रभा कोइराला उम्मेदवार बनेकीमा संयुक्त प्यानलका दीपक प्रकाश आचार्यले पराजित गरे । आचार्यले २१४ मत प्राप्त गर्दा कोइरालाले ८६ मत मात्रै प्राप्त गरेकी थिइन् ।
वरिष्ठ उपाध्यक्षमा संयुक्त प्यानलका छविलाल लामेछानेको २२२ मत प्राप्त गरी विजयी हुँदा ओली पक्षीय उमराज बास्तोलाको ८१ मत प्राप्त गरे । महिला उपाध्यक्षमा अम्बिका गौतमले १९४ मत प्राप्त गरी विजयी हुँदा संगीता तिमिल्सिनाले ११२ मत प्राप्त गरे । महासचिवमा दीपकराज बास्तोलाले २२७ मत प्राप्त गरी विजयी भए भने ठाकुर पोखरेलले ७९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा नवराज बरालले २०० मत प्राप्त गरी विजयी हुँदा लक्ष्मण कोइरालाको १०३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । विषयगत संघको तर्फबाट आनन्द सुवेदी निर्विरोध निर्वाचित भए । महिला सदस्यमा कौशिला गुरुङ ९२०६०, चन्द्रकुमारी पराजुली, ९२१७०, मैनादेवी रावत ९१९१०, बिना लोहनी ९२४८० विजयी भए ।
खुल्ला सदस्यमा खेमबहादुर गुरुङ ९१८६०, धनराज पुरी ९१६००, लेखा सुपरीवेक्षण समितिको संयोजकमा धर्मबहादुर गुरुङ ९१८७०, लेखा समिति सदस्यमा रमण पौडेल ९२०२०, बिमलाकुमारी थापा बस्नेत ९१८०० मत प्राप्त गरी विजयी भए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?