सोमबार कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा बागमतीले दिएको ३ सय रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमको ब्याटिङ नचल्दा फराकिलो हार व्यहोरेको हो।
जसमा सुदूरपश्चिमले २० ओभर खेल्दा सबै विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमले सुरुमै लगातार ४ विकेट गुमाएको थियो । तर, पाँचौँ ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका अर्जुन साउद र सातौँ ब्याट्सम्यानका रुपमा आएका किरण ठगुन्नाको जोडिले ५८ रनको साझेदारी खेले।
जसले सुदूरपश्चिमलाई केही राहत दिए पनि ३१ रनमा खेलिरहेका अर्जुन आउट हुँदा सुदूरपश्चिम दबाबमा पर्यो । अर्जुनले २८ बलको सामना गर्दै ३ छक्का र १ चौका प्रहार गरेका थिए । यस्तै किरणले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।
सुदूरपश्चिमविरूद्ध बागमतीका नामनरेश गिरीले ४ विकेट लिए भने नन्दन यादवले २ विकेट, तिलक भण्डारीले १ विकेट र दिपेश श्रेष्ठले १ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको बागमतीका लागि पृथु बाँस्कोटा र अदिल खानले अर्धशतकीय इनिङ्स खेलेका थिए । जसको मद्दतले बागमती प्रदेशले सुदूरपश्चिमलाई ३०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।
बागमतीले निर्धारित पूरा ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो । बागमतीका लागि बाँस्कोटाले ९४ बलमा १० चौका र २ छक्काको मद्दतले ८४ रन प्रहार गरे भने अदिलले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन प्रहार गरेका थिए।
यी दुई खेलाडीको उत्कृष्ट ब्याटिङमा बागमतीले जारी प्रतियोगिताको सबैभन्दा विशाल लक्ष्य प्रस्तुत गरेको हो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ३२ रन बनाए भने पारस खड्काले २० रन प्रहार गरेका थिए।
बागमती विरुद्व कमजोर देखिएको सुदूरपश्चिमका लागि नारायण जोशीले ३ विकेट, सन्तोष भट्ट र भोजराज भट्टले समान २र२ विकेट लिए यस्तै विनोद लामाले १ विकेट लिएका थिए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु