निर्णायक टेस्ट जित्दै अस्ट्रेलियाविरुद्धको सिरिजमा भारतको कब्जा

निर्णायक टेस्ट जित्दै अस्ट्रेलियाविरुद्धको सिरिजमा भारतको कब्जा

indian-cricket-team

चौथौ टेष्ट ३ विकेटले जित्दै भारतले अस्ट्रेलिया विरुद्धको टेष्ट सिरिज २-१ ले जितेको छ । पहिलो टेष्ट अस्ट्रेलियाले जितेको थियो भने दोस्रो सेट भारतले जितेको थियो । यस्तै तेस्रो सेट बराबरी भएको थियो ।

चौथो टेष्टमा ३२८ रनको लक्ष्य पछ्याएको भारतले ९७ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । ४- ० बाट अन्तिम दिनको खेल अघि बढाएको भारतका लागि शुभमन गिल चेतेश्वर पुजारा र रिषव पन्तले अर्धशतक प्रहार गरे ।

गिलले ९१ रन बनाउँदा पुजाराले ५६ रन जोडे । पन्त ८९ रनमा अविजित रहे । अस्ट्रेलियाका लागि प्याट कमिङ्सले ४ तथा नाथन लियोनले २ विकेट लिए ।

मुख्य बलरहरु जसप्रित बुमराह, रवि आश्वविन, मोहम्मद शामी लगायत नहुँदा पनि नयाँ बलरहरुले भारतको लागि राम्रो प्रदर्शन गरे ।

पहिलो इनिङ्समा ३३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो इनिङ्समा २९४ रन बनाउँदै भारतलाई ३२८ रनको लक्ष्य दिएको हो । रिषव पन्त खेलको म्यान अफ दि म्याच घोषित भए ।

यस्तै अस्ट्रेलियाका प्याट कमिङ्स प्लेअर अफ दि सिरिज घोषित भए । बोर्डर गावास्कर सिरिज जितेपछि भारत आईसीसी टेष्ट वरीयतामा दोस्रो स्थानमा उक्लेको छ भने अस्ट्रेलिया तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ