भोलिबाट लाइसेन्सको अनलाइन फारम २४ सै घन्टा खुल्ने

भोलिबाट लाइसेन्सको अनलाइन फारम २४ सै घन्टा खुल्ने

trial

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।

‘हामीले सर्वरको समस्या सुल्झाएर परीक्षण पनि गरिसक्यौँ। अब सेवाग्राहीले सातै दिन २४ सै घन्टा फारम भर्न सक्नुहुनेछ,’ उनले भने।

फारम भरिसकेपछि त्यहाँ तोकिएको मितीमा यातायात कार्यालय जानु पर्नेछ। यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो।

आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए। त्यस्तै केही दिनदेखि आएको सर्भरको समस्याले अनलाई आवेदन प्रणली बन्द थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ