प्रधानमन्त्री कप: बागमतीको लगातार तेस्रो जित, प्रदेश १ को सान्त्वना जित

प्रधानमन्त्री कप: बागमतीको लगातार तेस्रो जित, प्रदेश १ को सान्त्वना जित

can

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । समूह बी अन्तर्गत शक्रबार मूलपानी मैदानमा भएको खेलमा बाग्मतीले प्रदेश २ लाई ६ विकेटले पराजित गरेको हो ।

लगातार तेस्रो जितपछि वाग्मती सेमिफाइनल नजिक पुगेको छ । वाग्मतीले यसअघि नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । प्रदेश २ ले दिएको १८० रनको लक्ष्य वाग्मतीले ४८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

वाग्मतीका लागि पृथु बास्कोटाले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए । उनले ७५ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । पृथुको यो लगातार दोस्रो अर्धशतक हो । यस्तै यस प्रतियोगितामा पहिलो खेल खेलेका बिभत्सु थापाले ४७ र ओपनर आकाश थापाले ३२ रन जोडे । इशान पाण्डेले १५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहे ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४८।२ ओभर खेल्दै सबै विकेट गुमाएर १७९ रन बनाएको हो । नवौं नम्बरमा ब्याटिङ गरेका विवेक यादवले अर्धशतक प्रहार गरेपछि प्रदेश १ ले वाग्मती प्रदेशलाई १८० रनको लक्ष्य दिएको थियो । प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ६६ रन बनाए । उनले ७४ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

प्रदेश १ को पहिलो जित

यसअघिका तीनमा खेलमा कमजोर प्रदर्शन गरेको प्रदेश १ ले शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णाली प्रदेशमाथि ५९ रनको जित निकाल्यो ।

यअसघि नै प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश १ का लागि यो जित सान्त्वना मात्र रह्यो । त्रिभुवन आर्मी क्लब, एपिएफ, कर्णाली र गण्डकी प्रदेश रहेको समूह एमा प्रदेश १ चौथो स्थनमा रह्यो । उ पहिलो खेलमा आर्मीसँग ४ विकेट, दोस्रो खेलमा गण्डकी प्रदेशसँग २ विकेट र तेस्रो खेलमा एपिएफसँग १३५ रनले पराजित भएको थियो ।

प्रतियोगिताअन्गर्तत शनिबार टियू मैदानमा एपिएफ र कर्णली प्रदेश भिड्ने छन् भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ