पोखरा । राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता यही माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनशिप भलिबल प्रतियोगिता–२०७७’ हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए। उनले सो खेलका लागि महिलातर्फ चार र पुरुषतर्फ चार गरी कूल आठ टोलीको सहभागिता रहने बताए ।
राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी काठमाडाँै र न्यू डायमन्डको सहभागिता रहनेछ । यसैगरी पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी काठमाडौँ र गण्डकी प्रदेशको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टोलीले समान रु एक लाख ५० हजार, द्वितीय हुनेले रु ७५ हजार तथा तृतीयले रु २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०–२० हजार प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कार पनि महिला तथा पुरुष खेलाडीले रु १५-१५ हजारका दरले प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान पाँच–पाँच हजार नगद प्राप्त गर्ने प्रतियोगिताका संयोजक नवीन गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने भएको छ । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर रु १०० तोकिएको छ भने सेमिफाइनलका लागि रु १५० र फाइनल खेलका लागि रु २०० तोकिएको उनको भनाइ छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो