कतिपय मानिस भने उमेर नपुग्दै बुढो देखिन्छ । आखिर किन उमेर अगावै मानिस बुढो देखिन्छ त ? आजकलको खराब जीवनशैली, खानपान, खराब सोच चिन्तनले मानिसलाई उमेर अगावै बुढ्यौलीमा पुर्याउँछ । समय अगावै बुढो हुनबाट बच्न के गर्ने त?
मदिरा
मदिरा सेवनपछि मानिसमा रक्तचाप बढेर जान्छ र मुटुलाई प्रभावित पार्दछ । मदिराले शरिरमा भएको भिटामिन बी र सीलाई नष्ट पार्दछ । साथै मदिराले मुटुको मांशपेसीलाई कमजोर पार्दै लैजान्छ । यसका साथै मदिराकै कारणले हर्टएट्याक, स्ट्रोक र उच्च रक्तचाप पनि हुन सक्छ ।
तनाव
तनावले समेत मानिसलाई चाँडै बुढो बनाउँछ । तनावले रक्तचाप र कोलेस्ट्रोल बढाउँछ । यस्तोमा व्यक्तिमा हर्टएट्याकको खतरा बढेर जान्छ ।
बिना परीश्रम बस्नु
आजकल धेरै मानिसहरु बिना परीश्रम लामो समय बसेर बिताउँछन् । कार्यालयमा काम गर्नेहरु अधिकाशंको काम बसेर नै हुन्छ । तर लामो समय बसिरहँदा शरिरमा क्यालोरी बढ्दछ । जो मुटुकालागि राम्रो मानिदैन । मुटु स्वस्थ्य नभए मानिसको आयु घट्दछ ।
गलत खानपान त्याग्ने
आधुनिक युगको प्रवेशसंगै मानिसले गलत खानपान खाने गरेका छन् । पहिले अर्गानिक र सादा खानाको प्रयोग हुन्थ्यो । तर आजकल तारेको, भुटेको र बाहिरको खानाले हाम्रो स्वास्थ्यका साथै मुटुमा असर गर्दछ । र मानिस समय अगावै बुढो हुन पुग्दछ ।
धुम्रपान
धुम्रपानले रगतलाई टुक्र्याउँछ । यसले कोरिनरी आर्टरी, मस्तिष्कसम्म पुग्ने धमनिलाई पनि प्रभावित पार्दछ । जसका कारण धुम्रपान गर्ने व्यक्तिमा स्ट्रोकको संभावना बढेर जान्छ । यसका साथै धम्रपानले रगतको प्लेटलेट्स नष्ट गर्ने, खराव कोलेस्ट्रोलको मात्रा बढाउनेदेखि धमनिलाई सुकाउने काम समेत गर्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह