पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा आएको छ । गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमिक प्रालिमार्फत् सौन्दर्यको क्षेत्रमा बेग्लै पहिचान बनाई सौन्दर्यपारखीको मन जित्दै आएकी सौन्दर्यविद् चिनु गुरुङले महेन्द्रपुलमा सो इन्स्टिच्युट संचालनमा ल्याएकी हुन् ।
सौन्दर्य क्षेत्रमा आफ्नो २५ वर्षको लामो अनुभवसँगै समयको मागलाई ध्यानमा राखी उनले करिब ३० लाख लगानीमा शाखा सञ्चालनमा ल्याएको बताइन् । सो शाखाको एक समारोहबीच नायिका आँचल शर्माले रिबन काटेर उद्घाटन गरिन् ।
विदेश अध्ययन गर्न जानेहरुमा पछिल्लो समय सौन्दर्य सीप दक्षताको माग भएकाले पनि इष्टिच्यूट खोलिएको संचालक गुरुङको भनाइ छ । पोखरा न्युरोडमा प्रधानकार्यालय रहेको एकेडेमीका अन्य ६ शाखाहरु संचालनमा छन् । जसमा ४६ जनाले रोजगार पाएका छन् ।
व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गुरुङले विपन्न, घरेलु हिंसामा पीडित एवम् अपाङ्गता भएकाहरुलाई निःशुल्क र न्यूनतमा शुल्कमा तालिम प्रदान गरेर स्वरोजगार बन्न प्रेरित गर्दै आएकी छन् ।
शाखा उद्घाटन समारोहमा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइरालाले यो व्यवसायबाट पोखराले सौन्दर्य क्षेत्रमा फड्को मारेको बताए । उनले संघले इन्स्टिच्युटसँग मिलेर आगामी दिनमा सहकार्य गर्ने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले पनि उद्यमीमहिलाहरुको लागि सुनौलो अवसर रहेको बताए ।
कार्यक्रममा मिस नेपाल–१९९७ नीलिमा गुरुङ, इभेन्ट्स फर युका म्यानेजिङ डाइरेक्टर विशाल गुरुङ, हस्तकला व्यवसायी रामकली खड्का लगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ