चालक अनुमतिपत्रको परीक्षाका लागि आवेदन दिन सुरु गरिएको अनलाइन प्रणालीमा फेरि समस्या देखिएको छ । अब जोसुकैले जहिले पनि आफै फाराम भर्न सकिने भनिएपनि सिष्टममा समस्या उही छ ।
आवेदकले अनलाइनमार्फत आफ्नो विवरण भर्ने क्रममा समस्या आइरहेको र समाधानका लागि प्रयास भइरहेको यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर पवित्र डंगोलले बताउका छन् । यस्तै अनलाइन प्रणालीमार्फत कति जनाले आवेदन दिए भनेर हेर्न पनि समस्या भइरहेको र समस्याबारे जानकारी गराए पनि समाधान भने नभएको उनको भनाइ छ ।
अहिलेसम्म २ लाखभन्दा धेरै व्यक्तिले अनलाइनमार्फत आवेदन दिएको अनुमान गरिए पनि प्रणालीमा देखिएको समस्याले कतिले आवेदन दिए भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहेको विभागको आइटी डाइरेक्टरसमेत रहेका वरिष्ठ कम्प्युटर इन्जिनियर डंगोल बताउँछन् ।
अनलाइन प्रणालीमार्फत आवेदन दिन लगाएर मात्रै नहुने भन्दै उहाँले बेलाबेला विभिन्न समस्याहरु आइरहने गरेको बताए । उनका अनुसार अहिले अनलाइन प्रणालीमा देखिएका समस्याको समाधान गर्ने काम भइरहेको छ ।
यस्तै, एउटा डिभाइसबाट एक दिनमा एकजनाले मात्रै अनलाइन आवेदन भर्न सकिने गरी सिष्टम बनाइएको थियो । विचौलियाहरुको धेरैे चलखेल गर्न नपाओस् भनेर यस्तो गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए ।
सम्बन्धित खबर
मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
सुनसरीमा दम्पती मृत फेला, घटना शंकास्पद
अब नेपालमा नपाइने क्यान्सरका दुर्लभ महँगो औषधि बिरामीलाई निःशुल्क दिने
कञ्चनपुरमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु
काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
आज २१२ औँ भानु जयन्ती मनाइँदै
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा