स्याङ्गजाको हरीनासमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

स्याङ्गजाको हरीनासमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

Death dead

सांकेतिक तस्विर

स्याङ्गजा – घाँस काट्न गएकी महिलाको लडेर मृत्यु भएको छ ।

जिल्लाको हरीनास गाउँपालिका वडा नं -५ बसन्तडांडा बस्ने ६४ वर्षीया सेती कमिनीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो ४ बजेको समयमा घरबाट घाँस काट्न निस्किएकोमा अबेरसम्म घर नफर्किएपछि आफन्त लगायत परिवारले खोजतलास गर्ने क्रममा आइतबार बिहान ५ :४५ बजेको समयमा अन्दाजी २० मिटर तल खोल्सामा मृत अवस्थामा शव फेला परेको थियो ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ