अब बूढीगण्डकी आयोजना निर्माणको काम अघि बढ्छ : ऊर्जामन्त्री

अब बूढीगण्डकी आयोजना निर्माणको काम अघि बढ्छ : ऊर्जामन्त्री

Budhigandaki

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफलमा उनले आफूले अघिल्लो पटक ऊर्जामन्त्री हुँदा आयोजनाको कामलाई अघि सारेको हुँदा अब छिट्टै नै शिलान्यास गरी निर्माण कार्य अघि बढाइने बताए ।

मन्त्री रायमाझीले तत्कालीन समयमा आफू पटक–पटक निर्माणस्थलमै गएर विभिन्न समस्या तथा चुनौती हटाउने कार्यमा जुटेको भए पनि छोटो समयमै सरकार ढलेका कारण निर्माण कार्य अघि बढ्न नसकेको बताए ।

उनले विभिन्न जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको भन्दै मुलुक अब विद्युत् बिक्री गर्ने अवस्थामा पुगेको बताए । मन्त्री रायमाझीले आफू अघिल्लो पटक ऊर्जामन्त्री हुँदा ऊर्जा सङ्कट निवारणका लागि ९९ बुँदे कार्ययोजना बनाई लागू गरेकै कारण विद्युत् भार कटौती अन्त्य सम्भव भएको स्पष्ट पारे ।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले घरजग्गाको ह्रासकट्टी र लाभ कर लिँदा स्थानीयवासीले उल्टै रकम बुझाउन पर्ने परिस्थितिको सिर्जना भएकाले ह्रासकट्टी र लाभकर बिना जग्गाको मुआब्जा दिनुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ