इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनमाथि शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलको दोस्रो मिनेटमै अलेक्जेन्ण्डर जान्किटजले रातो कार्ड खाएपछि साउथह्याम्टन १० खेलाडीमा सीमित भएको थियो ।
१८औं मिनेटमा आरोन वान बिशाखाले गोल गर्दै युनाइटेडलाई १–० ले अघि बढाए । २५औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै अग्रता दोब्बर पारे ।
३४औ मिनेटमा जान बेडनारेकले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा ३–० को अग्रता लियो । ३९औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा ४–० को अग्रता दिलाए ।
६९औं मिनेटमा एन्थोनी मार्सियालले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै खेललाई ५–० ले अघि बढाए । ७१औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई फराकिलो जिततर्फ अभघि बढाए ।
८६औं मिनेटमा जान बेडनारेकले मार्सियालमाथि पेनाल्टी बक्समा फल गरेपछि सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि साउथह्याम्टन ९ खेलाडीमा समेटिन पुग्यो ।
त्यसपछि युनाइटेडले थप तीन गोल गरेको थियो । त्यसमै प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गरे । ९०औं मिनेटमा मार्सियालले व्यक्तिगत दोस्रो तथा टोलीका लागि आठौं गोल गर्दै युनाइटेडलाई ८–० ले अघि बढाए ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा ड्यानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ९–० को फराकिलो जित दिलाए
जितसँगै युनाईटेड २२ खेलबाट ४४ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको म्यानचेष्टर सिटी समान ४४ अंकका साथ गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । तेस्रो स्थानको लिभरपुलको भने ४० अंक छ ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा