नेपाली सेनामा भर्ना खुल्यो

नेपाली सेनामा भर्ना खुल्यो

nepal army

नेपाली सेनाले २ सय जना अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ का लागि नयाँ भर्ना आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले एक सूचना प्रकाशित गर्दै सो विज्ञापन आह्वान गरेको हो ।

सेनाले प्रकाशित गरेको सूचना अनुसार खुलातर्फ १ सय ५ पदमा बिज्ञापन खुलाएको छ भने समावेशी तर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रमा गरी जम्मा २०० पदमा भर्ना आह्वान गरेको हो ।

न्युनतम प्रमाणपत्र तह वा सो सरह उतीर्णले दरखास्त दिन सक्ने छन्। योग्यता र उमेर पुगेका नेपाली नागरिकले आज (माघ -२२) देखि फागुन ११ गतेसम्म तोकिएमा स्थानबाट वा अनलाइन दरखास्त दिन सक्नेछन्।

दरखास्त दिनका लागि रु एक हजार राजस्व तोकिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds