अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो

messi griezman barcilona

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना बराबरीमा रोकिएको छ । गयराति भएको खेलमा बार्सिलोना काडिजसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८९ औं मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै काडिजलाई हारबाट जोगाए । बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ ।

बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ । काडिज २५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ