प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आगामी राजनैतिक परिस्थिति जस्तोसुकै आए पनि आफ्नो राजनीति नसकिने बताएका छन्।
कञ्चनपुरको बेतकोट स्थित दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहलाई लक्षित गर्दै भने केही मान्छेहरू यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन्। तर, हाम्रो राजनीति जे भए पनि सकिँदैन।’
कञ्चनपुरको बेतकोटमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भने न्यायालयलाई धम्क्याउने, दबाब दिने कुरामा आफू र आफ्नो समूहको विश्वास नरहेको र शक्ति पृथकीकरणको पक्षमा सधैँ उभिएको बताए। अदालतको निर्णय सधैँ सही नहुने भन्दै उनले त्यही भएर पुनरावेदनको परिकल्पना गरिएको प्रधानमन्त्री ओलीले बताए ।
ओलीले केही दिनअघि प्रतिनिधि सभा विघटनको निर्णय बदर भए आन्दोलन गर्ने आफ्नो अभिव्यक्तिको गलत व्याख्या गरिएको बताए । लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन गर्ने आफ्नो आशय रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ। नारा जुलुस गर्ने, ढुङ्गा मुढा गर्ने आन्दोलन भनेको होइन।’
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा