उठ्नेवितिकै चक्कर लाग्छ? यस्तो छ घरेलु उपचार

उठ्नेवितिकै चक्कर लाग्छ? यस्तो छ घरेलु उपचार

rigata

धेरैले चक्क्र आउनु वा रिंगटा लाग्नुलाई सामान्यरुपमा लिने गर्दछन् । तपाईंले पनि रिंगटालाई सामान्य रुपले लिने गर्नु भएको होला रु तर यो गम्भीर रोगको कारण पनि हुन सक्छ । त्यसैले रिंगटालाई हेलचक्राइ गर्नुको सट्टा यसको बेलैमा उपचार र कारण पत्ता लगाउन आवश्यक हुन्छ ।

मानिसमा कुनै रोग लागेको छ भने त्यसको कारण रिंगटा लाग्छ । कुनै स्थानमा बसेर उठ्दा शरीर घुमाएको जस्तो हुने, बस्दारहिँड्दा पनि शरीर घुमेको जस्तो हुने, आँखा धमिलो हुने, शरीर कमजोर जस्तो हुनेलगायतका समस्या कुनै न कुनै रोगका लक्षण हुन् ।

विशेषगरी कानको समस्याका कारण मानिसलाई रिंगटा लाग्ने चिकित्सकहरुले बताएका छन् । यसैगरी आँखा, हाडजोर्नीको समस्याका कारण पनि मानिसलाई रिगंटा लाग्ने चिकित्सकहरु बताउँछन् ।

यो रोग लागेको बेला चारैतिरको वस्तु घुमेको जस्तो लाग्छ । रिंगटा कहिलेकाहीं लाग्नु एक सामान्य कुरा हो । तर बेला बेलामा रिंगटा लाग्नु एक साधारण रोग हो । तर यसलाई मामुली सम्झेर गम्भीरतासँग नलिनु ठीक होइन । यो कुनै अन्य गम्भीर रोगको संकेत पनि हुन सक्छ । तसर्थ पहिलोपल्ट रिंगटा लाग्दैमा सचेत हुनुपर्छ । भविष्यमा बारम्बार हुने रोग हो भनेर जानुपर्छ ।

– चक्कर लाग्नुको प्रमुख कारणमा रगतमा शुगरको स्तरमाच गिरावट, शरीरमा रगतको कमी, रक्तचाप आदि हुन् ।

चक्कर किन आउँछ ?

– अत्याधिक मानसिक वा शारीरिक परिश्रमबाट उत्पन्न थकान, मानसिक तनाव, भय, टाउकोमा चोट, मुटुमा अवरोध, असामन्य हृदयको धड्कन, कानमा भाइरल संक्रमण, आँखाको कमजोरी जस्ता कारणले पनि चक्कर लाग्न सक्छ ।

– मस्तिष्कमा रगतको कमी, नसा फुट्नु, ब्रेम ह्म्याब्रेज, ब्रेन ट्युमर, खाद्य पदार्थ, औषधीको एलर्जी, माइग्रेन, शारीरिक दुर्बलता, मादक पदार्थ वा नसालु चिजको सेवनले पनि चक्कर लाग्छ ।

– गर्भावस्थामा निम्न रक्तचाप, थाइराइड, मासिक धर्मको कारणले चक्कर लाग्छ ।

– वान्ता, कब्जियत, ज्वरो जस्ता कारणले चक्कर लाग्छ ।

– शरीरमा नुनको मात्रा कम हुँदा चक्कर लाग्छ ।

– गर्भवती महिलामा रगतको कमीले चक्कर लाग्छ ।

चक्कर लाग्ने लक्षण

– टाउको चर्कनु, शरीर अनियन्त्रित भएको अनुभूति, आँखा धमिलो देख्नु, अध्याँरो छाउनु, अनुहार फिका हुनु, शरीर चिसो हुनु ।

– शारीरिक कमजोरी महसुष हुनु, चक्कर लागेर लड्नु, वान्ता हुनु, बोल्नुमा कठिनाइ हुनु आदि ।

के छ घरेलु उपचार ?

– घिउमा ५० ग्राम किसमिस हल्का आँचमा पकाएर स्वाद अनुसार नुन मिसाउने । त्यसलाई दिनमा तीन पटक सेवन गर्नुपर्छ ।

– एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिसेर विहान विहान सेवन गर्नुपर्छ ।

– यदि तपाईलाई गर्मीको कारणले चक्कर लागेको छ भने अमला र दाना धनिया पिसेर एक रात पानीमा भिज्न दिने । बिहान यसलाई छानेर पिउनुपर्छ ।

– बदामलाई मिश्रीमा मिसाएर काँचो दुधमा खाली पेट सेवन गर्नुपर्छ ।

के खाने ?

– सात्विक, सुपाच्य भोजन समयमै गर्ने ।

– कमजोरीले चक्कर लागेको छ भने एक कप पानी वा दुधमा एक चम्चा ग्लुकोज घोलेर पिउने ।

– अमलाको सर्वत पिउने ।

– धेरै मसलेदार, चिल्लो खानेकुरा सेवन नगर्ने ।

– एलोपेथिक औषधी आफुखुसी सेवन नगर्ने ।

– हरेक दिन ७ गिलास पानी पिउनुहोस् ।

चक्कर लाग्छ भने के गर्ने ?

– पटक-पटक चक्कर आउँछ भने घर बाहिर एक्लै नहिँड्नहोस् । अग्ला-होचो, अध्याँरो स्थानमा हिँडडुल नगर्नुहोस् ।

– चक्कर आउनसाथ आरमसाथ बस्नुहोस् । सुविधा हुनसाथ ओछ्यानमा सुत्नुहोस् । आँखा बन्द गर्नुहोस् ।

– निदाउने कोसिस गर्नुहोस् । पर्याप्त निन्द्रा लिनुहोस् ।

– नियमित रुपले व्यायाम, योगासन गर्नुहोस् ।

– चक्कर आयो भने विस्तारै विस्तारै गहिरो सास लिनुहोस् ।

– चिया, चुरोटको सेवन नगरौं ।

– मोटरसाइकल, गाडी, स्कुटर नचलाउने ।

– चक्कर आउनसाथ कुनै शारीरिक गतिविधि नगर्नुहोस् । किनभने त्यसले उच्च रक्तचाप बढ्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ