रवि लामिछानेको नयाँ टिभी ‘ग्यालेक्सी टिभी फोर के’

रवि लामिछानेको नयाँ टिभी ‘ग्यालेक्सी टिभी फोर के’

Rabi lamichhane

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए।

‘सिधा कुरा प्रधानमन्त्री’सँग बाट ‘सिधा कुरा जनतासँग’ हुँदै अहिले कार्यक्रमको नाम ‘सिधा कुरा’ मात्र राखिएको छ । लामिछानेले न्यूज २४ छाडेपछि ‘सिधा कुरा जनतासँग’ कार्यक्रम अहिले सोहि टिभीमा प्रसारण भईरहेको छ ।

ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, आविष्कारलगायत कार्यक्रम आउने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ