भागरथीको परिवारलाई गाउँपालिकाद्वारा ५ लाख राहत

भागरथीको परिवारलाई गाउँपालिकाद्वारा ५ लाख राहत

bhagarathi

भागरथी भट्टको परिवारलाई गाउँपालिकाले पाँच लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्ने भएको छ ।

पीडित परिवारलाई पाँच लाख राहत दिनका लागि गाउँकार्यपालिका बैठकले निर्णय गरिसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

यसका साथै नेपाल सरकारलाई पनि पीडित परिवारलाई राहत उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई पत्ता लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।

यसअघि भागरथीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले समेत भागरथीको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको तर्फबाट भागरथीका परिवारलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस बाजुराले पनि पीडित परिवारलाई ३० हजार रुपैयाँ नगद सहयोग गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ